काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
अहिले सुदुरपश्चिम र बाग्मती प्रदेशको केही ठाँउमा हल्का वर्षा भइहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा डडेलधुरा, डोटी , अछाम, रुकुम पश्चिम, चितवन , सिन्धुलाल्चोक, काठमाण्डौ लगायतका जिल्लामा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ । सबैभन्दा धेरै डडेलधुरामा ५५ दशमलव ६ मिलिमिटर पानी परेको छ ।
यसैबीच आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाँउहरुमा तथा बाँकी प्रदेशका थोरै ठाँउमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा धेरै वर्षाको सम्भावना रहेको छ ।



