काठमाडौँ । देशभर कुखुराको मासुको मूल्य घटेको छ ।
साउन महिनामा मासुको खपत कम हुने भएकाले माग घट्ने भएको हुँदा मूल्य घटाइएको संघले जनाएको छ ।
राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार आज (सोमबार) बाट लागू हुने गरी प्रतिकिलो १५ रूपैयाँले मूल्य घटाइएको छ ।
कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोक्ने गरिएको छ । मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २६० देखि २६५ रूपैयाँ सम्म छ ।
यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २७५ देखि २८० रूपैयाँ थियो। जिउँदो कुखुराको उत्पादन बढेको र साउन महिनामा खपत पनि कम हुने भएकोले मूल्य घटेको संघको दाबी छ । काठमाडौं उपत्यमा दैनिक करिब ५ लाख किलो मासुको खपत हुन्छ ।