काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौं उपत्यकामा सबै पालिकामा साउन १३ गते आइतबार शोक बिदा दिने निर्णय भएको छ ।
काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
फोरमका सदस्यसमेत रहेका नकर्मीको बिहीबार निधन भएको हो । ‘उहाँले यस फोरममा रही पुर्याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन् । काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणिय क्षतिको दुखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ ललितपुर महानगरपालिकाको विज्ञप्तीमा भनिएको छ ।



