सातदोबाटो (ललितपुर) । ललितपुर जिल्लाको सातदोबाटोस्थित नेपाल पौडी सङ्घले अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा जीवन रक्षक तालिम आज (आइतबार)देखि सुरु गरेको छ ।
पौडी पोखरीहरूमा डुबेर ज्यान गुमाउने घटना बढ्न थालेपछि उक्त तालिम सुरु गरेको हो ।
तालिममा ४ महिला र ५३ पुरुष गरी कुल ५७ जना प्रशिक्षार्थी सहभागी छन् । सङ्घले निरन्तर दुई सय मिटर पौडी खेल्न सक्ने प्रशिक्षार्थीलाई मात्र उक्त तालिममा सहभागिता गराएको थियो ।
प्रशिक्षण गराउन गरिएको कौशल परीक्षणमा तीन जना सहभागी भने उक्त प्रशिक्षण तालिममा सफल हुन सकेनन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्यसचिव अन्जन धमलाले उक्त तालिमको उद्घाटन गरेको थियो ।



