काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेकाे छ ।
आज (सोमबार) साँझ बसेको सुनुवाइ समितिको बैठकले सर्वसम्मतिबाट आयुक्तमा सिफारिस भएका प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।
यसअघि उनले निर्वाचन आयुक्तबाट आफ्नो नाम फिर्ता लिन निवेदन दिएका थिए ।
यौन शोषणको आरोप लागेका प्रधानको बारेमा पीडित महिलाले समितिमै आएर बयान दिएकी थिइन् ।
पीडितसहित चार वटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो ।
संवैधानिक परिषद्ले असार २ गते प्रधानलाई आयुक्तमा सिफारिस गरेको थियो ।



