काठमाडौँ । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ? भन्दै प्रश्न समेत गरेकी छिन् ।
समय समयमा हुने यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रस्ट भएको उनले उल्लेख गरेकी छिन् ।
प्रधानमन्त्रीको बोली र व्यवहार फरक देखिएको तर्फ पनि उनले असन्तुष्टि जनाएकी छिन् ।



