काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीअनुत्तीर्ण ) भएका छन् ।
नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।
यसैगरी ग्रेड वृद्धितर्फ २०७८७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।



