काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
आज (बिहीबार) दिउँसो गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई पछाडिबाट ना. ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको हो ।
मृतक महिलाको सनाखत हुन सकेको छैन ।
दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ ।



