चौतर्फी आलोचना र जनगुनासो बढेपछि विभागले आफ्नो पूर्ववत् निर्णयलाई सच्याउँदै तत्काल कुनै कारबाही नगरिने स्पष्ट पारेको छ। विभागले अब सवारीधनीलाई आफ्नो अनुकूल समयमा प्लेट जडान गर्न आग्रह गरेको छ।
यसअघि भदौ ३ गते जारी सूचनामा असोज १ गतेदेखि नयाँ दर्ता, नामसारी र नवीकरण हुने सवारीमा इम्बोस्ड प्लेट अनिवार्य भनिएको थियो।


