काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशैभर एकता सन्देश सभा गर्ने निर्णय गरेको छ ।
पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा आइतबार बसेको पार्टी पूर्वपदाधिकारीहरुको बैठकले सातै प्रदेशमा एकता अभियानलाई लैजाने निर्णय गरेको नेता वामदेव गौतमले जानकारी दिए । गौतमका अनुसार सन्देश सभाको मितिपछि तय गरिनेछ ।
‘सात वटा प्रदेशमा सन्देश सभा दिने निर्णय गरेका छौं । त्यसको मिति तय भइसकेको छैन । सातवटै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने निर्णय भएको छ ।
नेपालमा अब हामीले समाजवाद निर्माण गर्ने सन्देश दिन्छौँ, देउवाले अगाडि भने, ‘नेपालको संविधानले परिकल्पना गरेको र निर्देशन गरेको समाजाद हामीले निर्माण गरेर मुलुकमा विद्यमान सबै समस्या हामीले समाधान गर्छौं । र देशमा ठूलो परिवर्तन ल्याउँछौं भन्ने सन्देशसहित सातै प्रदेशका जनताको बीचमा जान्छौँ ।’



