काठमाडौँ । निबर्तमान स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् ।
सिंहले माघ ५ गते जनकपुरमा हुने रास्वपाको सभाबाट नयाँ राजनितिक अध्यायको सुरुवात गर्ने बताएका छन् ।
सिंहले यसअघिनै बालेन शाहसँग छलफल गरेर आफ्नो सम्भावित कदम बारे संकेत दिएका थिए ।उनले भनेका छन्: यहि माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाम मा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रम बाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु । देश र मधेशमा रहेको भ्रष्टाचार कुशासन बिरुद हिजो स्वतन्त्र रहदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ ।
साथै म लगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा स्वास्थ्य रोजगार र भौतिक पुर्वाधार को बिकास चाहने सम्पुर्ण आमाबुवा तथा दिदिबहिनीहरुलाई यसै कार्यक्रम मार्फत जुडन आव्हान गर्दछु ।



