काठमाडौं । प्राइम टेलिभिजनका पत्रकार ऋषि धमला पनि चुनाव लड्ने भएका छन् ।
धमलाले ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा रौतहटबाट चुनाव लड्न जाने घोषणा गरेका हुन् ।
उनले आफ्नो अन्तिम कार्यक्रममा आफुले कार्यक्रममा सधै जनताका कुरा गरेको बताए । अब आफु जनताको बीचमा गएर काम गर्ने बताउदै टेलिभिजन कार्यक्रम छोडेको बताएका छन् ।
धमलाले भने, ‘आज म भन्न चाहन्छु। जनता जान्न चाहन्छन् कार्यक्रम भोलिबाट हाम्रै सहकर्मी मित्र ऋषि थपलियालाई हस्तान्तरण गर्न जाँदैछु। तर म यो कार्यक्रममा आफ्नो कुरा राख्नेछु, उहाँलाई समर्थन र सहयोग गर्नेछु। जनता जान्न चाहन्छन् कार्यक्रमलाई नम्बर वान बनाउन उहाँलाई जहिले पनि साथ दिनेछ ।’
धमला प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्न सक्ने बुझिएको छ । उनी केहि दिन अघि आम जनता पार्टीको कार्यक्रममा समेत सहभागी भएका थिए । उनले रौतहटको कुन क्षेत्रबाट चुनाव लड्ने भने बताएका छैनन् ।



