धनगढी, ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीबाट आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गर्दैछ ।
बिहान ११ बजेदेखि सुरु हुने यस बृहत् आमसभालाई रास्वपा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता (तथा प्रधानमन्त्रीका दाबेदार) बालेन शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। सुदूरपश्चिमको प्रवेशद्वार मानिने धनगढीमा हुने यो सभालाई रास्वपाले आफ्नो ‘शक्ति प्रदर्शन’ को रूपमा लिएको छ ।
पश्चिमदेखि पूर्वसम्मको ‘रोड शो’
रास्वपाले धनगढीको सभालाई ‘स्टार्टिङ पोइन्ट’ मान्दै देशका प्रमुख सहरहरूमा चुनावी लहर सिर्जना गर्ने योजना बनाएको छ । धनगढीपछि रास्वपाको टोलीले निम्न सहरहरूमा सभा गर्नेछ :
-
सुर्खेत (कर्णाली प्रदेश)
-
भैरहवा (लुम्बिनी प्रदेश)
-
पोखरा (गण्डकी प्रदेश)
-
चितवन (बागमती प्रदेश)
-
इटहरी (कोशी प्रदेश)



