सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रतालाई थप मजबुत बनाएका छन् । सिंहले १६,२२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापा ९,६७४ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।
यी दुई नेताबीचको मतान्तर हाल ६,५५३ पुगेको छ । त्यस्तै, नेकपा (एमाले) का अम्निश कुमार यादव ३,२६२ मतका साथ तेस्रो स्थानमा छन् भने जनमत पार्टीका राकेश कुमार मिश्र १,०२२ मतका साथ चौथो स्थानमा रहेका छन् ।



