चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएपछि नेकपाकी उम्मेदवार रेनु दाहालले निर्वाचन परिणामलाई खुल्ला हृदयले सम्मान गर्ने बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै उनले भरतपुरको विकासका लागि आफूले ९ वर्ष ऊर्जा समर्पित गरेको र बाँकी १५ महिनाको कार्यकाल छाडेर जनताको सेवाका लागि राष्ट्रिय राजनीतिमा होमिएको उल्लेख गरेकी छन् ।
उनले विजयी उम्मेदवार सोविता गौतमलाई बधाई दिँदै चितवनबासीको मत खेर नजाने विश्वास व्यक्त गरेकी छन् ।
दाहालले आफूलाई मतदान गर्ने र चुनावी अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि चितवनको विकास र समृद्धिका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएकी छन् ।



