झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ऐतिहासिक जित दर्ता गरेका छन् । उनले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९,६१४ मतको विशाल अन्तरले पराजित गरेका हुन् ।
अन्तिम मत परिणाम :
- बालेन शाह (रास्वपा) : ६८,३४८ मत (विजयी)
- केपी शर्मा ओली (एमाले) : १८,७३४ मत
- समीर तामाङ (श्रम संस्कृति पार्टी) : ८,५९० मत
बालेन शाह यस निर्वाचनमा देशभरकै सर्वाधिक मत र सबैभन्दा बढी मतान्तरका साथ विजयी हुने उम्मेदवार समेत बनेका छन् । काठमाडौँको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका ३५ वर्षीय शाहको यो जितले नेपालको परम्परागत राजनीतिक शक्ति सन्तुलनमा ठुलो फेरबदल ल्याएको छ ।



