इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निस्कल राईले आफ्नो अग्रता कायम राखेका छन् ।
५९,४५७ मत गणना सकिँदा राईले १३,२८२ मत प्राप्त गरेका छन् । उनलाई श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १२,७१० मतका साथ कडा चुनौती दिइरहेका छन् । यी दुईबीचको मतान्तर हाल ५७२ मात्र रहेको छ ।
यस क्षेत्रमा नेकपा (एमाले) का काजीमान कागते ११,३०५ मतका साथ तेस्रो स्थानमा छन् भने रास्वपाका विमल गदाल ८,६४८ मतका साथ चौथो स्थानमा रहेका छन् ।
अबको निर्णायक मत :
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब सूर्योदय नगरपालिकाका वडा नम्बर १२, १३ र १४ का ४,२३८ मत गणना गर्न बाँकी छ । यी अन्तिम मतहरूले नै इलाम-१ को भाग्यको फैसला गर्नेछन् ।



