Khaptad Organic Nepal

काठमाडौँ । कक्षा १२ को परीक्षाफलको शुद्धता सुनिश्चित गर्न सरकारले एउटा विशेष समिति बनाएको छ ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार परीक्षाको उत्तरपुस्तिका स्याम्पलिङ परीक्षण, परीक्षाङ्क र डेटा इन्ट्रीको पुनरावलोकन (भेरिफिकेसन) का लागि यो समिति गठन गरिएको हो । उक्त समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने जानकारी उनले दिए ।

हतारमा नतिजा सार्वजनिक गरिएका कारण त्रुटि भएको भन्ने आशंकालाई खण्डन गर्दै मन्त्री पोखरेलले समयमै परिणाम निकाल्न जनशक्ति थप गरिएको र प्रशासनिक झन्झट मात्र हटाइएको दाबी गरे । तोकिएकै समयमा नतिजा ल्याउन मन्त्रालयले व्यवस्थित रूपमा काम गरेको उनको भनाइ छ ।

यसै गरी , परीक्षाफललाई लिएर भइरहेको शान्तिपूर्ण आन्दोलनप्रति मन्त्रीले सकारात्मक दृष्टिकोण राखेका छन् । लोकतान्त्रिक व्यवस्थामा आफ्ना माग र आवाज राख्न पाउनु सबैको अधिकार भएको भन्दै उनले आन्दोलनकारीको भावनालाई सम्मान गर्ने बताए ।

सामाजिक सञ्जालमा विद्यार्थीहरूका विरुद्ध भइरहेका नकारात्मक र अपमानजनक टिप्पणीप्रति चासो व्यक्त गर्दै उनले आन्दोलनरत पक्षलाई लक्षित गरी दुर्व्यवहार वा गालीगलौज नगर्न समेत सबैलाई आग्रह गरेका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।