Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार मुलुकभर मनसुनी प्रणालीको प्रभाव कायमै रहँदा अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना देखिएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले देशका विभिन्न क्षेत्रको मौसम प्रभावित भएको हो ।

अहिले बागमती प्रदेशका केही स्थानका साथै कोशी, मधेस र लुम्बिनीका थोरै ठाउँमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहँदा तराईका केही क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशैभर मौसम साधारणतया बदली रहने अनुमान गरिएको छ । यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ ।

त्यस्तै, रातिको समयमा पनि देशका हिमाली तथा पहाडी भूभागमा मौसम बदली रही केही स्थानमा मध्यम वर्षा र हिमपात जारी रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।