काठमाडौँ । संघीय संसद अन्तर्गतका सातवटा विषयगत समितिका बैठकहरू आज एकैदिन बस्न लागेका छन् ।
आज प्रतिनिधि सभातर्फ अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, र सार्वजनिक लेखा समितिको बैठक आह्वान गरिएको छ ।
यसैगरी, राष्ट्रिय सभातर्फ विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि आजै बस्दैछ ।

