काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीपलाई अगस्त ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट जिम्मेवारी सम्हाल्ने गरी नयाँ कप्तान चयन गरेको हो । प्रतियोगिताका लागि क्यानले सन्दीपको नेतृत्वमा १४ सदस्यीय राष्ट्रिय टोलीको समेत घोषणा गरेको छ । यसपटक टोलीमा भीम सार्की, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीजस्ता अनुभवी खेलाडीहरू भने समेटिएका छैनन् ।
एसीसी प्रिमियर कपका लागि घोषित टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

