Khaptad Organic Nepal

काठमाडौँ । चलचित्र विकास बोर्डले साउन ३१ गते आइतबारसम्मको बक्स अफिस कलेक्सन विवरण सार्वजनिक गरेको छ । बोर्डका अनुसार पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रहरू ‘गौथली’, ‘हली’ र ‘कमला मिस’को व्यापारिक आँकडा बाहिर आएको हो ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौथली’ले प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा शानदार कमाइ दर्ज गरेको छ । यस चलचित्रले हालसम्म बक्स अफिसबाट २३ करोड ५५ लाख १२ हजार रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । यो अवधिमा फिल्मका ८ लाख ५५ हजार ७५२ थान टिकट बिक्री भएका छन् ।

त्यस्तै साउन २२ गतेबाट एकसाथ प्रदर्शनमा आएका अन्य दुई चलचित्र ‘हली’ र ‘कमला मिस’को व्यापार भने सुस्त देखिएको छ । ‘हली’ले हालसम्म २१ लाख ७७ हजार रुपैयाँ कमाउँदै ७ हजार ७१० टिकट बिक्री गरेको छ ।

अर्कातर्फ, नीर शाहद्वारा निर्देशित चलचित्र ‘कमला मिस’ले २ लाख ६१ हजार ८४५ रुपैयाँ मात्र सङ्कलन गर्न सफल भएको छ, जसका जम्मा ७१८ टिकट बिक्री भएका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।