Khaptad Organic Nepal

इटहरी । सुनसरीको इटहरीमा युवाहरूलाई लक्षित गर्दै आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु हुँदैछ ।

प्राविधिक तथा व्यावहारिक सीपमार्फत युवाहरूलाई सीधै रोजगारदातासँग जोड्ने लक्ष्यका साथ युवा, श्रम तथा रोजगार मन्त्रालयले यो आयोजना अघि बढाएको हो ।

असोज २० गतेसम्म सञ्चालन हुने यस मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्नेछन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना हुने शुभारम्भ समारोहमा थारू समुदायको परम्परागत नृत्य र नौमती बाजासहितका विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिने कार्यक्रम छ । उद्घाटन सत्रलगत्तै ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष विचार-विमर्श आयोजना गरी युवाहरूलाई स्वरोजगार र उद्यमशीलतामा लाग्न प्रेरित गरिनेछ ।

मन्त्रालयका अनुसार युवाहरूमा रहेको सीपको पहिचान गरी उनीहरूलाई तालिम प्रदायक संस्था र सम्भावित रोजगारदातासँग एउटै मञ्चमा भेट गराउनु मेलाको मुख्य ध्येय हो । आयोजनाको पहिलो दिन दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सहभागीहरूको छनोट, समूह विभाजन, रोजगार मिलानका लागि बायोडाटा तथा सीप कार्ड तयार पार्ने, परामर्श सेवा दिने र सहभागी संस्थाहरूको परिचय गराउने काम हुनेछ ।

त्यस्तै, असोज १५ देखि १९ गतेसम्म विभिन्न १० वटा विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिमहरू सञ्चालन गरिनेछन् । मेला अवधिभर रोजगारी सम्बन्धी परामर्श, सिफारिस, प्रदर्शनी कक्ष र उद्यमी बन्ने विषयमा निरन्तर छलफल तथा संवाद कार्यक्रमहरू जारी रहनेछन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।