Khaptad Organic Nepal

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिका पुगेका परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले १७ बुँदे सुझाव पत्र हस्तान्तरण गरेको छ ।

न्यूयोर्कमा भएको भेटमा एनआरएनए अमेरिकाका अध्यक्ष सतेन्द्र साह नेतृत्वको प्रतिनिधिमण्डलले डायस्पोराको हकहित, नेपालसँगको सम्बन्ध र उनीहरूले भोग्नुपरेका समस्याबारे मन्त्री खनालको ध्यानाकर्षण गराएको हो ।

बुझाइएको ज्ञापनपत्रमा गैरआवासीय नेपाली ऐन, २०८३ को मस्यौदा परिमार्जन गर्नेसहित नागरिकतालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने माग राखिएको छ । यसबाहेक लगानीको सुरक्षा, विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार, कन्सुलर सेवामा सुधार तथा आपत्कालीन अवस्थामा उद्धार र कानुनी सहायताको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरिएको छ ।

नेपालको समृद्धिमा डायस्पोराको सीप र पूँजी जोड्नका लागि लगानी सहजीकरण गर्ने, डायस्पोरा समन्वय केन्द्र स्थापना गर्ने र नियमानुसार अभिलेख राख्ने व्यवस्था मिलाउन पनि टोलीले सुझाव दिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।