Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेको जनाएको छ ।

हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै क्षेत्रका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहेको छ । यस्तै गण्डकी र सुदूरपश्चिमका तराई भेगमा आंशिक बदली छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका केही स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । तराई भू-भागका केही स्थानमा पनि चट्याङ्गसहित वर्षाको अनुमान गरिएको छ । साथै मधेश, कोशी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्र र बागमती र गण्डकीका विभिन्न भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभरको मौसम सामान्यतया बदली नै रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भेगका केही स्थान र अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना छ । देशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।