Khaptad Organic Nepal

काठमाडौँ । द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्मनुभएका भगवान् श्रीकृष्णको पूजा–आराधना गर्दै आज देशभर श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ ।

ज्ञान, कर्म र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म भएको रातलाई ‘मोहरात्री’ का रूपमा समेत चिनिन्छ । आजका दिन श्रद्धालुहरू कृष्ण मन्दिरहरूमा गएर पूजा-आराधना, भजनकीर्तन गर्ने तथा व्रत बसी रातभर जाग्राम बस्ने गर्दछन् ।

संसारलाई अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट जोगाउन भगवान् विष्णुको आठौँ अवतारका रूपमा प्रकट हुनुभएका श्रीकृष्णले मानव जातिलाई सधैँ सत्य र धर्मको मार्गमा हिँड्न प्रेरणा दिएका थिए । महाभारतको युद्धमा पाण्डवपुत्र अर्जुनलाई उहाँले दिएको उपदेश नै ‘श्रीमद्भागवतगीता’ का रूपमा प्रसिद्ध छ, जसलाई विश्वकै धेरै भाषामा अनुवाद गरिएको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै विभिन्न लीला देखाउनुभएका श्रीकृष्णले कंश, पुतना र जरासन्धजस्ता दैत्यहरूको अन्त्य गर्नुभएको पौराणिक मान्यता छ ।

जन्माष्टमीका अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर, काठमाडौँको कागेश्वरी मनोहरामा रहेको नवतनधाम तथा बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहने गर्छ ।

यस पर्वको खुसीयालीमा काठमाडौँका विभिन्न स्थानमा झाँकीसहितको रथयात्रा र शोभायात्रा समेत निकालिन्छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।