Khaptad Organic Nepal

धादिङ । लगातारको भारी वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा खसेको ठूलो पहिरो पन्छाउन १० वटा हेभी मेसिन परिचालन गरिएको छ ।

नागढुंगा–मुग्लिन सडक योजनाका अनुसार मर्मत र सफाइको काम तीव्र पारिएकाले भोलि बिहानसम्म सडक पूर्ण रूपमा खुलाउने लक्ष्य राखिएको छ ।

गत असोज ८ गतेदेखिको अविरल वर्षाका कारण यस सडकखण्डको कम्तीमा १० ठाउँमा ठूला पहिरा खसेका छन् । पहिरोका कारण केही स्थानमा यातायात एकतर्फी मात्र चलेको छ भने धेरैजसो ठाउँमा दुवैतर्फको आवागमन ठप्प बनेको छ ।

विशेष गरी शीलतबजार र गोमती खोला क्षेत्रमा लेदो, रुख र ढुंगा खस्नुका साथै सडकको छेउ भासिएकाले एकतर्फी मात्र सवारी साधन चलिरहेका छन् । उता कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर, घोप्टेभीर र सिमलधारामा ठूला ढुंगासहितको पहिरो खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, हुग्दी खोलादेखि जवाङ खोलासम्मको करिब तीन किलोमिटर क्षेत्रमा आधा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । फिस्लिङ क्षेत्रमा २०० मिटरभन्दा बढी क्षेत्र ढाक्ने गरी पहिरो खस्नुका साथै करिब ३० मिटर सडक फुटेर दबेको छ । धारापानीमा ५० मिटर जति सडकको भाग भत्किएकाले कल्भर्ट सफा गर्ने काम जारी छ ।

सडक सफाइको काम निरन्तर भइरहेकाले अवस्था सामान्य नभएसम्मका लागि उक्त सडकखण्डमा यात्रा नगर्न नागढुंगा–मुग्लिन सडक योजनाले सर्वसाधारणसँग आग्रह गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।