Khaptad Organic Nepal

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ११ अर्ब ९५ करोडभन्दा बढी रकम जम्मा भएको छ।

अर्थ मन्त्रालयका अनुसार कोषमा रहेका नौवटा नेपाली रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख र दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ डलर मौज्दात रहेको छ ।

अमेरिकी डलरलाई प्रचलित विनिमय दरअनुसार रूपान्तरण गर्दा कोषको कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको हो । हालैको रसुवा–भोटेकोशी बाढीपहिरोपछि मात्रै कोषमा रु. ७ अर्ब ६८ करोडभन्दा बढी र २ करोड ५ लाखभन्दा बढी अमेरिकी डलर सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।

यसअघि भदौ १६ गते राहत तथा उद्धार कार्यका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ पठाइएको थियो । विपद्को यस घडीमा निरन्तर सहयोग पुर्‍याउने स्वदेशी तथा विदेशी सहयोगी दाताहरूप्रति अर्थ मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।