Khaptad Organic Nepal

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रधानमन्त्री बालेन शाहले रसुवा–भोटेकोशी क्षेत्रका बाढी प्रभावित बालबालिकाप्रति विशेष सहानुभूति व्यक्त गर्दै सरकार उनीहरूको साथमा रहेको आश्वस्त पारेका छन् ।

सामाजिक सञ्जालमार्फत जारी सन्देशमा प्रधानमन्त्री शाहले जन्माष्टमीका दिन धेरै बालबालिका कृष्ण र राधाको पहिरनमा सजिएर खुसी मनाइरहँदा बाढी प्रभावित क्षेत्रका बालबालिका भने ठूलो पीडामा दिन बिताउन बाध्य भएको उल्लेख गरेका छन् । बाढीका कारण धेरैले अभिभावक तथा आफन्त गुमाएको र उनीहरूको घर, बस्ती र खेल्ने मैदानसमेत नासिएको उनले बताए । विपद्को असरका कारण केही बालबालिका अझै पनि मानसिक रूपमा स्तब्ध रहेको उहाँको भनाइ छ ।

विपद् पछि सञ्चालन गरिएको उद्धार कार्यमा गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकतामा राखिएको शाहले स्पष्ट पारे । हाल होल्डिङ सेन्टरमा बसोबास गरिरहेका बालबालिकाका लागि चाँडै नै सुरक्षित र सहज आवासको प्रबन्ध मिलाइने प्रतिबद्धता उहाँले व्यक्त गरेका छन् । देशको भविष्य मानिएका बालबालिकाले पुनः आफ्ना सपना पहिल्याउन सकून् भन्ने हेतुले सरकारले आवश्यक वातावरण तयार पार्ने उनले बताए ।

यसैबीच प्रधानमन्त्री शाहले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण विपद्को जोखिम चुलिँदै गएकातर्फ सजग गराएका छन् । उनले बालबालिकालाई विपद् व्यवस्थापनका लागि घरमै ‘विपद् झोला’ तयार गर्न, बचत गर्ने संस्कार बसाल्न र जलवायु परिवर्तनका विषयमा छलफल गर्न आग्रह गरेका छन् ।

हालसम्म विपद्मा परेका १३ हजार ९५ जनाको जीवितै उद्धार गरिएको जानकारी दिँदै उद्धारमा खटिएका सुरक्षा निकाय, सहयोग गर्ने प्रवासी नेपाली, मित्रराष्ट्र र विकास साझेदारहरूलाई उनले धन्यवाद ज्ञापन गरे । कठिन परिस्थितिमा निराश नभई धैर्य र एकताका साथ अघि बढ्न श्रीकृष्णको शिक्षाले प्रेरणा दिने उल्लेख गर्दै शाहले सुरक्षित नेपाल निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।