Khaptad Organic Nepal

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १,२९४ जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो संख्यामा शवहरू बरामद भएको तथ्य सार्वजनिक गरेको हो । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्‌मा परी ५,०५३ जना अझै बेपत्ता छन् भने हालसम्म १३,०९५ जनाको जीवितै उद्धार गरिएको छ ।

प्रवक्ता महतले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरहरूमा अहिले ४,६२७ जना विस्थापितहरूले आश्रय लिइरहेको जानकारी दिए । प्रारम्भिक विवरण अनुसार बाढीले ७,५७० वटा घरहरू पूर्ण रूपमा ध्वस्त पारेको छ भने कुल ३२,९३३ नागरिक प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् ।

भौतिक पूर्वाधारतर्फ ४८ वटा सरकारी कार्यालय, १८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । यसैगरी ५५ किलोमिटर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध हुनाका साथै ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुल बिग्रिएका छन् ।

कृषि क्षेत्रमा १,८०६ हेक्टर खेतीयोग्य जमिन बालुवाले पुरिएकाले वार्षिक ७,६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने अनुमान छ । ऊर्जा क्षेत्रतर्फ ३ जलविद्युत् आयोजना, १ सोलार प्लान्ट र २ वटा प्रसारण लाइनमा क्षति पुग्दा ७८३ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।