चितवन । त्रिशूली नदीमा आएको कटानका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडकको आधा भाग बगेको छ ।
सडक भासिएपछि अहिले सो क्षेत्रमा सवारीसाधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन् ।
सडक डिभिजन कार्यालय भरतपुरले क्षतिको क्षेत्रमा एकतर्फी व्यवस्था मिलाइएको जनाउँदै उक्त बाटो भएर यात्रा गर्ने चालकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

