Khaptad Organic Nepal

काठमाडौँ । सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै वैदेशिक बजारसम्म प्रतिस्पर्धा गर्न सकिने सम्भावनाबारे छलफल सुरु भएको छ ।

बिहीबार आयोजित विज्ञहरूसँगको अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रको व्यावसायिक क्षमता बढाउनुपर्ने धारणा राखे । राहदानी, राष्ट्रिय परिचयपत्र तथा राजस्वसम्बन्धी संवेदनशील कागजातहरू देशभित्रै उच्च गुणस्तरमा छपाई गर्न केन्द्रलाई आधुनिक प्रविधि र दक्ष जनशक्तिले सुसज्जित बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा उपस्थित विज्ञहरूले नक्कली कागजातका कारण राज्य र सर्वसाधारणले भोग्नुपरेको जोखिम कम गर्न बहुस्तरीय सुरक्षा प्रणाली र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको औंल्याए ।

साथै, सुरक्षण मुद्रणमा प्रयोग हुने अत्याधुनिक कागज, कार्ड र डिजिटल प्रविधिका पछिल्ला आयामबारे गहन छलफल भएको थियो ।

अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको पूर्ण पालना, गुणस्तर परीक्षण तथा प्रमाणीकरण गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सकिने सम्भावनाबारे पनि विज्ञहरूले आफ्ना अनुभव र सुझाव साटासाट गरेका थिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।