Khaptad Organic Nepal

काठमाडौँ । जलवायु परिवर्तनको मारबाट जोगाउन र ‘जलवायु न्याय’ दिलाउन नेपालले अन्तर्राष्ट्रिय क्षेत्रसँग अनुदानमा आधारित आर्थिक सहयोगको माग गरेको छ ।

राजधानीमा आयोजित ‘काठमाडौँ जलवायु सप्ताह २०२६’ को शुभारम्भ गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु वित्तलाई सहज, पहुँचयोग्य र पूर्वअनुमान गर्न सकिने खालको बनाउन विश्व समुदायको ध्यानकर्षण गराए । केही समयअघि सम्पन्न संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा समेत नेपालले यो मुद्दालाई मुख्य प्राथमिकताका साथ उठाएको स्मरण गराउँदै उनले हिमालको रक्षा हुनु भनेको विश्वकै वातावरणीय सुरक्षा कायम हुनु हो भनेका छन् । राष्ट्रसङ्घीय महासभाका क्रममा नेपालले हिमालदेखि टापु र तटीय राष्ट्रहरूलाई एउटै छातामा ल्याएर ‘सगरमाथादेखि समुद्रसम्म’ संवाद आयोजना गरेको उल्लेख गर्दै मन्त्री खनालले पग्लिँदा हिमताल फुट्ने र समुद्री सतह बढ्ने जस्ता समस्याहरू एक-अर्कासँग जेलिएका बताए ।

गत २६ अगस्टमा देशका विभिन्न भागमा आएको बिनाशकारी बाढी-पहिरोको प्रसङ्ग उल्लेख गर्दै मन्त्री खनालले हिमाली भेगमा हिमनदी र पहरा खस्दा आएको भीषण बहावले सडक, जलविद्युत्, पुल र सर्वसाधारणको जीवनमा ठूलो असर पुर्‍याएको बताए । यस्ता प्राकृतिक विपत्तिका कारण देशको सीमित विकास बजेट बारम्बार उद्धार र पुनर्निर्माणमै खर्चिनुपरेको गुनासो गर्दै उनले ‘क्षति तथा नोक्सानी कोष’ (Loss and Damage Fund) मा अन्तर्राष्ट्रिय जगत्‌ले तत्कालै पर्याप्त बजेट पठाउनुपर्नेमा जोड दिए ।

भौतिक पूर्वाधार र विकासका योजना तर्जुमा गर्दा जलवायु जोखिमको पाटोलाई अनिवार्य रूपमा जोड्नुपर्ने मन्त्री खनालको भनाइ थियो । सडक, विद्युत् लाइन वा नयाँ बस्ती बनाउँदा भविष्यमा आउन सक्ने विपद्लाई ध्यान दिने, वैज्ञानिक तथ्याङ्कलाई पूर्वसूचना प्रणालीसँग जोड्ने र अन्तर्राष्ट्रिय बजेट सदुपयोगका लागि आफ्ना निकायहरूको क्षमता बढाउने योजना सरकारको छ । जलवायु कूटनीतिलाई थप चुस्त बनाउन परराष्ट्र मन्त्रालयभित्रै अलग्गै ‘जलवायु कूटनीति शाखा’ खडा गरिएको जानकारी पनि उनले दिए ।

आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP) र दोहा कार्ययोजनाको मध्यावधि समीक्षामा नेपालले आफ्ना अनुभव, वैज्ञानिक प्रमाण र तथ्यका आधारमा आफ्ना मागहरू सशक्त रूपमा प्रस्तुत गर्नेछ । स्थानीय समुदाय, युवा, वैज्ञानिक, निजी क्षेत्र र स्थानीय सरकारको अनुभव समेटेर बनाइने नीति नै नेपालको कूटनीतिको मेरुदण्ड बन्ने मन्त्री खनालले स्पष्ट पारे ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।