काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेताहरूलाई पार्टीभित्र निरन्तर असन्तुष्टि जनाउने र बाधा पुऱ्याउनेहरूलाई मिलाएर राख्न शक्ति खर्चिनुभन्दा अलग हुन दिनु नै उपयुक्त हुने सुझाव दिएका छन् ।
पार्टीको औपचारिक कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले आन्तरिक खिचातानीले सङ्गठनलाई कमजोर बनाउने भन्दै यस्तो धारणा व्यक्त गरेका हुन् । निरन्तर कचकिच र असन्तोष व्यक्त गरिरहने साथीहरूलाई मनाउन खोज्दा सिङ्गो पार्टीको शक्ति नष्ट हुने उल्लेख गर्दै उनले त्यस्ता व्यक्तिहरूलाई फकाउनुको सट्टा आफ्नै बाटो लाग्न दिनु नै बुद्धिमानी हुने बताए ।

