काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालगञ्जस्थित भेरी अस्पताल विकास समितिको नेतृत्व टुंगो लगाएको छ । मन्त्रालयले रिक्त रहेको अध्यक्ष पदमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको हो ।
भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) अनुसार अध्यक्ष पद पूर्तिका लागि खुला आवेदन आह्वान गरिएको थियो ।
सूचना जारी भएपछि प्राप्त आवेदनमध्येबाट मन्त्रालयले १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो ।
विज्ञ टोलीले ती उम्मेदवारहरूको मूल्याङ्कन गरी सिग्देलको नाम सिफारिस गरेपछि मन्त्रालयले उनलाई अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरेको हो ।

