Khaptad Organic Nepal

काठमाडौँ । बढ्दो प्राकृतिक प्रकोप नियन्त्रण र वातावरणीय सन्तुलनका लागि जनचेतना जगाउने उद्देश्यका साथ आज देशभर राष्ट्रिय भू-संरक्षण दिवस मनाइँदै छ ।

नेपालमा बाढी, पहिरो तथा भू-क्षयजस्ता विपत्ति कम गर्दै भूमिको उर्वराशक्ति जोगाउन यो दिवसको विशेष महत्त्व रहँदै आएको छ ।

साउन २४ गते भू तथा जलाधार संरक्षण विभागको स्थापना भएको सम्झनामा विक्रम संवत् २०३१ देखि निरन्तर यो दिवस मनाउन थालिएको हो । दिवसको अवसर पारेर आज देशका विभिन्न भागमा सचेतनामूलक छलफल, अन्तर्क्रिया तथा वृक्षरोपण कार्यक्रमहरू आयोजना गरिँदै छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि धुपी, काइयो तथा विभिन्न जातका बोटबिरुवा रोपेर प्राकृतिक वातावरण जोगाउने सन्देश दिन लागिएको हो ।

नेपालको संवेदनशील भौगोलिक बनावट र जलवायु परिवर्तनका कारण भू-क्षय तथा विपद्को जोखिम उच्च छ । यस्ता मानव सिर्जित तथा प्राकृतिक प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न र वातावरणीय सन्तुलन कायम राख्न जलाधार क्षेत्रको निरन्तर संरक्षण आवश्यक मानिन्छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।