Khaptad Organic Nepal

सुर्खेत । अविरल वर्षासँगै आएको विनाशकारी पहिरोले जाजरकोटमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा पहिरोले बस्तीमा रहेका घर तथा अस्थायी टहरा भत्काउँदा सात जना घाइते भएका छन् भने दुई जना सम्पर्कविहीन भएका छन् ।

सडक सञ्जाल पहिरोले अवरुद्ध बनाएपछि उद्धारका लागि सुरक्षाकर्मीको टोली पैदलै घटनास्थलतर्फ प्रस्थान गरेको छ । पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको कच्ची घर तथा सोही वडाकी भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पूर्ण रूपमा ध्वस्त भएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही र सोही वडा चिसापानीकी ५७ वर्षीया भद्राकली कार्कीको अवस्था गम्भीर छ । शाहीलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने कार्कीलाई सुर्खेत रिफर गरिएको छ ।

त्यसैगरी, ४५ वर्षीय सिद्धिबहादुर कामीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने मनवीर चदरा (४५), मनिषा विक (१६), मोतीकला विक (४७) र केदार कार्की (५२) सामान्य घाइते भएका छन् ।

पहिरो आउने क्रममा भाग्ने प्रयास गर्दा भेरी नगरपालिका–२ फारुलाकी ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता भएका छन् । घटनास्थलमा खटिएको नेपाल प्रहरीको टोलीले घाइतेहरूको उद्धार, बेपत्ताहरूको खोजी तथा क्षतिको थप विवरण सङ्कलन गरिरहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।