Khaptad Organic Nepal

दैलेख । पश्चिम कर्णालीको दुर्गम भेगमा रहेको दैलेख जिल्ला अस्पतालले स्थानीय महिलाहरूलाई लक्षित गर्दै स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार गरेको छ ।

शुक्रबारबाट औपचारिक रूपमा सुरु गरिएको यस सेवाअन्तर्गत अब अस्पतालमा पाठेघरको शल्यक्रिया, स्तन क्यान्सरको परीक्षण तथा उपचार र आङ खस्ने (पाठेघर खस्ने) समस्याको जटिल उपचार उपलब्ध हुनेछ । यसका साथै १८ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा र पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमै तातोले सेकेर निको पार्ने (थर्मल एब्लेसन) प्रविधिसमेत भित्र्याइएको छ ।

स्त्रीरोग विशेषज्ञ डा. जगत थापा (एमडी) अस्पतालमा हाजिर भएसँगै यी विशेषज्ञ सेवाहरू नियमित सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिनुभयो । नयाँ सेवा थपिएसँगै अहिले दैनिक १० जनाभन्दा बढी महिलाहरू विशेषज्ञ परामर्श र उपचारका लागि अस्पताल पुग्न थालेका छन् ।

यसैबीच, स्वास्थ्य सेवा कार्यालयको प्रशासनिक नेतृत्व सम्हालेपछि डा. विश्वकर्माले संस्थागत सुधार र पारदर्शितामा जोड दिनुभएको छ । अस्पताल परिसरको फोहोर व्यवस्थापन, खानेपानीको प्रबन्ध, मर्मत सम्भार पर्खिरहेका प्रयोगशालाहरूको स्तरोन्नति र म्याद नाघेका औषधिको उचित व्यवस्थापन जस्ता कार्यहरू द्रुत गतिमा अघि बढाइएको उहाँले बताउनुभयो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।