Khaptad Organic Nepal

काठमाडौँ । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा पनि किसानहरूले सहजरूपमा रासायनिक मल नपाएको भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

मधेस लगायत मुलुकका विभिन्न क्षेत्रमा मलको चरम अभाव देखिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले विज्ञप्ति जारी गर्दै सरकारी प्रतिबद्धता र वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको बताए । सरकारले समयमै पर्याप्त मल पुर्‍याउने आश्वासन दिए पनि व्यवहारमा किसानले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

बजारमा उपलब्ध गराइएको सीमित मलसमेत बिचौलिया र कालोबजारीका कारण वास्तविक किसानसम्म नपुगेको गुनासो बढेको उनले उल्लेख गरे । नेपालमा मल आयात गर्ने प्रक्रिया जटिल हुने भएकाले यसका लागि धेरै अघिदेखि नै पूर्वतयारी आवश्यक पर्नेमा उनले जोड दिएका छन् । आफू नेतृत्वको अघिल्लो सरकारले यो गम्भीरतालाई बुझेर समयमै मल आपूर्ति गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको उनले स्मरण गराए ।

प्रचण्डले मल आयात प्रक्रिया तत्काल अघि बढाएर मौजुदा अभाव हटाउन, आगामी वर्षका लागि अहिल्यै तयारी थाल्न र कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गरी पारदर्शी रूपमा मल वितरणको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।