झापा । बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।
मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा जुध्न पुगेका हुन् ।
दुर्घटनामा परेर अटो चालक तयामुल हकसहित पाँचै जना घाइते भएका थिए । उनीहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा झापा गाउँपालिका–४ भामटोली निवासी ३५ वर्षीया सुखि बिवीको दिउँसो १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका बाँकी चार जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

