Author: khaptadm-admin

काठमाडौँ । इरान र अमेरिकाबिच झन्डै सात महिनादेखि जारी तनावबिच इस्लामिक रिभोलुसनरी गार्ड्स कोप्र्स (आईआरजीसी) ले वासिङ्टनलाई थप आक्रमण नगर्न चेतावनी दिएको छ । इरानी सेनाको सो प्रभावशाली अङ्गले अमेरिकाले पुनः सैन्य कारबाही अघि बढाएमा नयाँ रणनीति, थप घातक हतियार र अहिलेसम्म आक्रमण नगरिएका नयाँ लक्ष्यहरूमा प्रहार गर्ने स्पष्ट पारेको छ । गार्ड्सका प्रवक्ता हुसेन मोहेब्बीका अनुसार अमेरिकी आक्रमणको जवाफमा इरानको प्रतिरक्षा प्रणाली र रणनीतिमा व्यापक फेरबदल ल्याइनेछ । युद्धभूमिमा विश्वलाई नै चकित पार्ने क्षमता भएका नयाँ सैन्य प्रविधि र हतियारहरू उतार्ने तयारी भइरहेको दाबी गर्दै उनले इरान दीर्घकालीन सैन्य मुठभेडका लागिसमेत पूर्ण रूपमा तयार रहेको बताएका छन् । दुवै…

Read More

काठमाडौँ । हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको प्रभाव र रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० गते आएको विनाशकारी बाढीको वस्तुस्थितिबारे अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति बनाइएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सभामुख डोलप्रसाद अर्यालद्वारा प्रस्तुत ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी विशेष समिति गठनको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । उक्त समितिले बाढीको मुख्य कारण र जलवायु परिवर्तनले हिमाली भूगोलमा पारेको असरबारे विस्तृत अध्ययन गर्नेछ । यसका साथै बाढीपीडितको पुनर्नवास, दिगो पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण एवं जलवायु न्यायका लागि सरकारले लिनुपर्ने कानुनी तथा संस्थागत कदमबारे ठोस सुझाव दिने जिम्मेवारी पनि समितिलाई सुम्पिएको छ ।…

Read More

चितवन । आयात रोकिएपछि उत्साहित बनेका चितवनका किसानहरू यतिबेला केराको उत्पादन बढे पनि उचित मूल्य नपाउँदा मारमा परेका छन् । केही समयअघिसम्म प्रतिकोसा नौ रुपैयाँसम्ममा बिक्री हुने केरा अहिले घटेर तीनदेखि चार रुपैयाँमा झरेको छ । बिक्री नभएर बारीमै केरा कुहिने डरले किसानहरू चिन्तित बनेका छन् । नेपाल केरा उत्पादक महासङ्घका अनुसार आयात प्रतिबन्धपछि किसानले तीन हजार बिघा थप गरी देशभर कुल २३ हजार बिघामा खेती विस्तार गरेका थिए । तर समयमै बजार व्यवस्थापन हुन नसक्नु र भोटेकोशी तथा त्रिशूलीको बाढीका कारण काठमाडौँ, पोखरा, नेपालगञ्जलगायतका ठूला सहरमा उपज पठाउन नसक्दा बजारमा मूल्य घटेको हो । एकातिर किसानले लागत मूल्य पाउन…

Read More

झापा । जिल्लाभर जापानिज इन्सेफलाइटिसको जोखिम तीव्र रूपमा बढेपछि रोकथामका लागि आजदेखि विशेष खोप कार्यक्रम थालिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यो अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा बढी उमेरका नागरिकका साथै अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई खोप प्रदान गरिनेछ । हालसम्म झापामा १३ जनामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ भने ७ जनाले ज्यान गुमाइसकेका छन् । रोगको फैलावट रोक्नका लागि जिल्लाभरका सबै स्थानीय तहमा गरी कुल ४ लाख ८५ हजार नागरिकलाई लक्षित गरेर खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ । मन्त्रालयले तोकिएको उमेर समूहका सम्पूर्ण सर्वसाधारणलाई नजिकैको स्वास्थ्य संस्था वा तोकिएको खोप केन्द्रमा पुगेर खोप लिन अनुरोध गरेको…

Read More

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबिच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भ्रमणसँग सम्बन्धित महत्त्वपूर्ण विषय र एजेन्डाबारे जानकारी गराउन तथा राय लिनका लागि यो भेटघाटको आयोजना गरिएको हो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका साथै नेता विश्वप्रकाश शर्माको उपस्थिति रहेको थियो । छलफलका क्रममा आसन्न महासभामा नेपालका तर्फबाट उठाइने विषय र कूटनीतिक मामिलाका विभिन्न पक्षमा कुराकानी भएको छ । तय भएको कार्यक्रम अनुसार प्रधानमन्त्री शाह मंगलबार दिउँसो संयुक्त राज्य अमेरिकातर्फ उड्ने तालिका छ ।

Read More

काठमाडौँ । वातावरणीय सङ्कटका कारण देशका परम्परा, सांस्कृतिक पहिचान र हिमाली क्षेत्रको समग्र अस्तित्व नै जोखिममा पर्न थालेपछि सरकारले कूटनीतिक पहललाई नयाँ उचाइ दिने निर्णय गरेको छ । यसै रणनीतिअन्तर्गत परराष्ट्र मन्त्रालयभित्र छुट्टै ‘जलवायु कूटनीति शाखा’ गठन गरिएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थितिसँग जुध्न र नेपालका एजेन्डालाई विश्वमञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो संरचनाले काम गर्नेछ । राष्ट्रिय हितको संरक्षण गर्दै अन्तर्राष्ट्रिय सहायता र समन्वयलाई अझ परिणाममुखी बनाउने मन्त्रालयको लक्ष्य छ । बढ्दो असरबाट देशलाई जोगाउन कूटनीतिक च्यानलमार्फत विश्व समुदायको ध्यान आकर्षण गराउने कार्यलाई अब एकीकृत ढङ्गले अगाडि बढाइनेछ ।

Read More

काठमाडौँ । चलचित्र विकास बोर्डले असोज ४ गते आइतबारसम्मको घरेलु बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै विभिन्न नेपाली चलचित्रको कमाइ विवरण बाहिर ल्याएको छ । बोर्डको तथ्याङ्क अनुसार गत साउन १ गतेदेखि प्रदर्शनमा आएको सामाजीक कथावस्तुमा आधारित चलचित्र ‘गौथली’ले बक्स अफिसमा कुल २५ करोड ९४ लाख ७३ हजार रुपैयाँको सानदार ग्रस कलेक्सन गरेको छ । यस अवधिमा यो फिल्म हेर्न ९ लाख ४० हजार ९१५ जना दर्शक हलसम्म पुगेका छन् । त्यस्तै, भदौ २६ गतेबाट एकसाथ प्रदर्शनमा आएका दुई नयाँ चलचित्र ‘पेन्सन पट्टा’ र ‘बेहुली’ले पनि व्यापार राम्रो बनाएका छन् । ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै ३ करोड ७९ लाख ७६…

Read More

काठमाडौँ । त्रिपुरेश्वर चोक नजिकै गुडिरहेको एक यात्रुवाहक बसमा अकस्मात् आगलागी हुँदा चालक घाइते भएका छन् । रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा लागेको आगोका कारण २५ वर्षीय चालक दावा लामा पोलेर घाइते भएका हुन् । आगलागीको खबर पाउनासाथ उद्धारमा खटिएको प्रहरी टोलीले घाइते चालकलाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको जनाएको छ ।

Read More

काठमाडौँ । ललितपुरको भनीमण्डलमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रारम्भ भएको छ । आज बिहान बसेको सचिवालय बैठकले तय गरेका कार्यसूचीलाई स्वीकृत गरेसँगै केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । गत फागुनमा सम्पन्न निर्वाचन पश्चात पहिलो पटक आयोजित यस बैठकमा सहभागी प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना धारणा राख्न ३-३ मिनेटको समय निर्धारण गरिएको जानकारी अध्यक्ष ओलीले गराएका छन् । बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Read More

आजको राशिफल बिस २०८३ असोज ५ गते सोमबार ईस २०२६ सेप्टेम्बर २१ नेपाल सम्बत ११४६ ञलाथ्व दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र शुक्ल पक्ष दशमी, चन्द्रमा धनु राशिमा, उत्तराषाढा नक्षत्र, शोभन योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०४ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काममा सक्रियता बढ्नेछ। जिम्मेवारी धेरै आए पनि आत्मविश्वासका साथ अघि बढ्दा राम्रो परिणाम प्राप्त गर्न सकिनेछ। व्यापारमा नयाँ ग्राहक वा सम्पर्क जोडिन सक्छ। आर्थिक…

Read More