Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यशाला आज समापन हुँदैछ ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शनिबारदेखि सञ्चालन भइरहेको ‘नीति, संगठन र नेतृत्व’ विषयक पहिलो शृंखलाको कार्यशाला आज सकिन लागेको हो ।

कार्यक्रमको अन्तिम दिन आज पार्टीको सांगठनिक ढाँचा, मिडिया तथा सोसल मिडियाको प्रभावकारी प्रयोग, राजनीतिमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उपयोग र २१औँ शताब्दी अनुकूलको राजनीतिक दल निर्माणका विषयमा विषयविज्ञहरूले प्रस्तुति दिइरहेका छन् । अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले कार्यशालाको सहजीकरण गरिरहेका छन् ।

यसअघि शनिबार पहिलो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना र सामाजिक लोकतन्त्रका आधारहरूबारे धारणा राखेका थिए ।

त्यसैगरी महामन्त्री विपिन आचार्यले दलको आधारभूत मूल्य-मान्यता र आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनको रूपरेखा प्रस्तुत गरेका थिए । कार्यशालामा वैज्ञानिक बजेट निर्माण प्रक्रिया तथा सरकार र पार्टीबीचको अन्तरसम्बन्धबारे पनि छलफल भएको थियो ।

आजै साँझ समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले मार्गदर्शनसहितको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।