काठमाडौँ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे सत्ताधारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ ।
उक्त बैठकमा पार्टीको आगामी १५औं महाधिवेशनको कार्यतालिका, सांगठनिक तयारी तथा देशको विद्यमान राजनीतिक घटनाक्रमका विषयमा गहन छलफल हुने कार्यसूची रहेको छ ।
महाधिवेशनको आन्तरिक कार्यदिशा र समसामयिक विषयहरूमा नेताहरूबीच विचार विमर्श हुने जनाइएको छ ।

