काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय सचिवालय विस्तार गर्दै ११ जना नयाँ सदस्य थप गरेको छ ।
शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले सचिवालय विस्तारसहित प्रवक्ता, कोषाध्यक्ष र विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको प्रवक्तामा जगदिश खरेल र कोषाध्यक्षमा डा. मनोहर प्रधानलाई चयन गरेको छ ।
त्यसैगरी, संगठन, जनस्वास्थ्य, पूर्वाधार, अर्थ तथा अन्तर्राष्ट्रिय विभागलगायतका महत्त्वपूर्ण क्षेत्रमा नयाँ नेतृत्व तोकिएको छ ।

