Khaptad Organic Nepal

ललितपुर । महालक्ष्मी नगरपालिका–८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिइएको ‘अन टेस्ट’ विद्युतीय हाइस अनियन्त्रित भई दुर्घटनामा परेको छ । दुर्घटनामा गाडी चालकसहित चार जना घाइते भएका छन् भने तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

गाडी एक्कासि नियन्त्रण बाहिर गएर स्थानीय एक घरको मूल ढोकामा ठोक्किन पुगेको थियो । त्यसलगत्तै गेटनजिकै पार्क गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारसँग ठोक्किँदा कारमा सामान्य क्षति पुगेको छ ।

दुर्घटनामा परेर गाडी चालक महालक्ष्मी–८ लुभु निवासी २६ वर्षीय अखिल राजथला गम्भीर घाइते भएका छन् । उनको अहिले किस्ट अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी महालक्ष्मी–७ चागाथलीका २५ वर्षीय आशिष महर्जन पनि गम्भीर घाइते भएका छन् । महर्जनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, मकवानपुर घर भई हाल महालक्ष्मी–६ सानागाउँ बस्दै आएकी १८ वर्षीया एलिसा लामा र महालक्ष्मी–८ का २६ वर्षीय राज महर्जन पनि घाइते भएका छन् । लामाको अवस्था मध्यम छ भने महर्जन सामान्य घाइते छन् । दुवै जनाको किस्ट अस्पतालमै उपचार भइरहेको छ ।

उक्त विद्युतीय हाइसमा चार जना मात्रै सवार रहेको र घटनाको विस्तृत विवरणका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।