काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले अल रियाधमाथि ४-० को सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोलीले लिगमा लगातार दोस्रो जित हात पारेको हो ।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा अल नासरले आक्रामक खेल पस्कियो । टोलीका लागि अब्दुल्लाह अल अम्री, जोआओ फेलिक्स, आन्जेलो गाब्रिएल र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे ।
बेन्चबाट मैदान प्रवेश गरेका रोनाल्डोले मैदान छिरेको २१ मिनेटभित्रै गोल गर्दै नयाँ सिजनको सुखद सुरुआत गरे । यस गोलसँगै रोनाल्डोको व्यावसायिक खेलजीवनको कुल गोल संख्या ९७७ पुगेको छ र उनी ऐतिहासिक १,००० गोलको कीर्तिमानबाट अब मात्र २३ गोल टाढा छन् ।
यो लगातारको जितले अल नासरलाई लिगको सुरुआतमै बलियो स्थितिमा पुर्याएको छ ।

