Khaptad Organic Nepal

काठमाडौँ । लाहुरे समाजको बाहिरी चमकधमक र प्रतिष्ठा पछाडि लुकेको पारिवारिक जटिलता एवम् भावनात्मक कथावस्तुमा आधारित चलचित्र ‘पेन्सन पट्टा’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।

माओत्से गुरुङको निर्देशनमा बनेको यो चलचित्र आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ । मुख्य भूमिकामा देखिएका अभिनेता दयाहाङ राईले लाहुरे जीवनशैलीका आन्तरिक उतारचढाव र सामाजिक सम्बन्धका आयामलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।

यस चलचित्रमा दयाहाङका साथै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापासहितका कलाकारहरूको अभिनय रहेको छ ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले संयुक्त रूपमा निर्माण गरेको यो चलचित्रको छायांकन सुशन प्रजापतिले गरेका हुन् । सुरज तामु र केर डी. कोइन्च लिनुचको सह-लेखन, मनोज थापा मगर, शिव बराइली र सुरज तामुको संगीत तथा निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचको सम्पादन चलचित्रमा समेटिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।