काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ।
संसद् सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको हो।
बिहान ११:३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रस्तावित पुस्तकालय नीतिको मस्यौदाका विषयमा सरोकारवालाहरूसँग विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको छ।
त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। उक्त बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धमा विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग परामर्श गरिने समितिले जनाएको छ।

