Khaptad Organic Nepal

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

सङ्घीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू पेश तथा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । बैठकको व्यवस्थापन कार्य अन्तर्गत अघिल्लो बैठकमा गणपूरक सङ्ख्या (कोरम) नपुगेर रोकिएको ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पेश गर्न अनुमति माग्ने र विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सदनमा राख्नेछन् ।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेटिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।