अर्घाखाँची । लगातारको वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डको शितगंगा नगरपालिका–१२ बसेरीमा पहिरो जाँदा जमिन भासिएर यातायात सञ्चालनमा बाधा पुगेको छ ।
सडकको अवस्था निकै जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सर्वसाधारणलाई सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । विशेष गरी रातको समयमा यात्रा गर्दा ठूलो जोखिम हुन सक्ने भएकाले अति आवश्यक कामबाहेक रातको समयमा सो सडकखण्ड भएर यात्रा नगर्न प्रशासनले आग्रह गरेको हो ।
वर्षा जारी रहेकाले उक्त क्षेत्रमा थप जमिन भासिने खतरा रहेको भन्दै यात्रा गर्दा पूर्ण सावधानी अपनाउन अनुरोध गरिएको छ ।

